हेटौंडाः हेटौंडाका ४ महिला र ८ पुरुषसहित आज १२ जनामा कोरोना पुष्टि भएको छ । आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का ६४  वर्षिय एक पुरुष, वडा नम्बर ४ को २४ र ३६ वर्षिय एक–एक पुरुष, वडा नम्बर ५ को ४७  वर्षकी एक महिला, वडा नम्बर ७ को ३१ वर्षिय एक पुरुष, वडा नम्बर ९ को १२ वर्षिय एक महिला र वडा नम्बर १० को १७, २८, ४६, ३५ वर्षका एक-एक पुरुष र २७ र ४३ वर्षकी एक-एक महिलामा कोरोना पुष्टि भएको हो । 

यस्तै आज प्राप्त रिपोर्ट अनुसार मनहरी गाउँपालिकाको वडा नम्बर ७ को ७ जना र वडा नम्बर ८ को १ जना गरी कुल ८ जनामा,  जिल्ला बाहिर बाँके जिल्लाको एक पुरुष प्रहरीमा र नुवाकोटको २ जनामा पनि कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!