हेटौंडाः जेसीआई हेटौंडा (हेटौंडा जेसीज)ले आगामी कात्तिक १८ गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरी जेसीज सप्ताह मनाउने भएको छ । आइतबार समयतालिका सार्वजनिक गर्दै जेसीआई हेटौंडाका अध्यक्ष पंकज दास बानियाँले जेसीज सप्ताह २०२५ बारे जानकारी दिनुभएको हो ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि जेसीज सप्ताहमा रक्तदान कार्यक्रम, सुरक्षित मोटरसाइकल गुडाउने प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम, हाजिरीजवाफ प्रतियोगिता र खाद्यान्न सामग्री वितरणलगायतका कार्यक्रमहरू आयोजना गरिनेछ । साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सहयोग गर्ने अध्यक्ष बानियाँले जानकारी दिनुभयो । यसले समाजमा बढ्दै गएको साइबर अपराधबारे जनमानसमा चेतना अभिवृद्धि गर्न मद्दत पुग्ने आयोजकको भनाइ छ ।
जेसीज सप्ताहको अन्तिम दिन कात्तिक २२ गते पुरस्कार वितरण समारोह र समापन कार्यक्रम गरिनेछ ।