Home मुख्य समाचार जेसीआई हेटौंडा सप्ताह कात्तिक १८ गतेदेखि

जेसीआई हेटौंडा सप्ताह कात्तिक १८ गतेदेखि


हेटौंडाः जेसीआई हेटौंडा (हेटौंडा जेसीज)ले आगामी कात्तिक १८ गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरी जेसीज सप्ताह मनाउने भएको छ । आइतबार समयतालिका सार्वजनिक गर्दै जेसीआई हेटौंडाका अध्यक्ष पंकज दास बानियाँले जेसीज सप्ताह २०२५ बारे जानकारी दिनुभएको हो ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि जेसीज सप्ताहमा रक्तदान कार्यक्रम, सुरक्षित मोटरसाइकल गुडाउने प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम, हाजिरीजवाफ प्रतियोगिता र खाद्यान्न सामग्री वितरणलगायतका कार्यक्रमहरू आयोजना गरिनेछ । साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सहयोग गर्ने अध्यक्ष बानियाँले जानकारी दिनुभयो । यसले समाजमा बढ्दै गएको साइबर अपराधबारे जनमानसमा चेतना अभिवृद्धि गर्न मद्दत पुग्ने आयोजकको भनाइ छ ।
जेसीज सप्ताहको अन्तिम दिन कात्तिक २२ गते पुरस्कार वितरण समारोह र समापन कार्यक्रम गरिनेछ ।

Exit mobile version