हेटौंडाः भारतको सिक्किमस्थित सोरङ जिल्लाको चाकुगमोमा जारी १८ औं एलडी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगिताबाट मकवानपुर एफसी टोली बाहिरिएको छ । मकवानपुरको टोलीले आफ्नो पहिलो खेलमै हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको हो ।
आइतबार भएको खेलमा मकवानपुर एफसी भारतको नाम्ची जिल्लाको रेडपाण्डा टिमसँग ४–२ ले पराजित भएको हो । पहिलो हाफमा दुबै टोलीले समान २÷२ गोल गरे पनि मकवानपुर एफसीले हारलाई टार्न सकेन ।
मकवानपुरका लागि सन्तोष गोङ्बा र उमेश सञ्जेलले समान १÷१ गोल गरेको थियो । प्रतियोगितामा मकवानपुरसहित १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक २३ गते हुनेछ । प्रतियोगिता विजेता टोलीले १० लाख र उपविजेता टोलीले ५ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।
















