सांकेतिक तस्वीर ।

हेटौँडा : दोलखा जिल्लाको बिगु गाउँपालिका–६, आलम्पुमा ट्याक्टरको ढालाबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेको समयमा गुन्सास्थित भित्री कच्ची सडकखण्डमा चिम्टे रथालबाट आलम्पुतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको प्र १–०१–००१ त ८८७२ नम्बरको ट्याक्टरको ढालाबाट ४० वर्षीय मानबहादुर थामीको घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

ट्याक्टर चालक सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७, का २४ वर्षीय राम बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय दोलखाले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।