![pipleeee](https://samriddhasamaj.com/wp-content/uploads/2020/08/pipleeee-696x522.jpg)
हेटौंडाः हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्ड हलका लागि आज पनि १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । स्थानीय रत्नकाली क्लबका अध्यक्ष दिनेश राईले १० हजार रुपैयाँ र व्याड्मिन्टन खेलाडी विजय सिंह ठकुरले पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ ।
![](http://samriddhasamaj.com/wp-content/uploads/2020/08/pipleedf-787x1024.jpg)
पिप्ले युवा क्लबले निर्माण गरिरहेको कभर्ड हलका लागि दैनिक जसो सहयोग प्राप्त भइरहेको छ । हिजो शुक्रबार अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष एवम् संविधान सभा सदस्य गणेश थापाले ५० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको थियो । पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्ड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।