हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा आज पनि १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबाट आज दिउँसो साढे १२ बजे प्राप्त रिपोर्टअनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रमा १९ जना र मनहरी गाउँपालिकाका एकजना गरी मकवानपुर जिल्लाका २० जनामा कोरोना सङक्रमण पुष्टि भएको हो ।
कोरोना सङक्रमित मध्ये १७ जना पुरुष र ३ जना महिला छन् । ८५ वटा नमूना परीक्षणका क्रममा २० जनामा कोराना संक्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ । आज सङ्क्रमित हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का एकजना पुरुष, वडा नम्बर ४ का तीनजना पुरुष, वडा नम्बर ५ का एकजना पुरुष, वडा नम्बर ६ का एक जना पुरुष, एकजना महिला, वडा नम्बर ८ का एकजना महिला र दुईजना पुरुष रहेका छन् । यस्तै वडा नम्बर १० का एकजना पुरुष र वडा नम्बर १८ का एकजना पुरुष रहेका छन् । हेटौंडामा बसोबास गर्ने पर्सा जिल्लाका ४ जना, बारा, उदयपुर र रौतहट जिल्लाका एक एक जना रहेका छन् ।