Home खेलकुद कभर्ड हललाई आज पनि १५ हजार सहयोग

कभर्ड हललाई आज पनि १५ हजार सहयोग

पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे (बायाँ) लाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै विजय सिंह ठकुरी ।

हेटौंडाः हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्ड हलका लागि आज पनि १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । स्थानीय रत्नकाली क्लबका अध्यक्ष दिनेश राईले १० हजार रुपैयाँ र व्याड्मिन्टन खेलाडी विजय सिंह ठकुरले पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ ।

अर्का सहयोगी दिनेश राई ।

पिप्ले युवा क्लबले निर्माण गरिरहेको कभर्ड हलका लागि दैनिक जसो सहयोग प्राप्त भइरहेको छ । हिजो शुक्रबार अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष एवम् संविधान सभा सदस्य गणेश थापाले ५० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको थियो । पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्ड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

Exit mobile version