सांकेतिक तस्वीर ।

हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडाको तीनताप्के खण्डमा केहीबेर अघि ट्रक र अटो आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी अटोमा सवार दुईजनाको मृत्यु भएको र एकजना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ नम्बरको अटो आपसमा ठोक्किएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी मृत्यु भएकाको शव हेटौंडा अस्पतालमा राखिएको र घाइते एकजनाको हेटौंडास्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।