हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दावी पेश गर्न आह्वान गरिएको हो ।
मुख्यमन्त्री लामाको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) बमोजिम राजीनामा दिनुभएको थियो ।
नयाँ मुख्यमन्त्री नियुक्तिका लागि संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाबाट दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यले दाबी पेश गर्नुपर्ने व्यवस्था अनुसार, उक्त पदका लागि दावी पेश गर्ने आह्वान गरिएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले एक विज्ञप्ती जारी गर्दै उक्त प्रक्रियाअनुसार, बहुमत प्राप्त गर्न सक्ने दाबी प्रस्तुत गर्न मंगलबार दिउँसो २ बजेभित्र प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गर्नुपर्ने जनाइएको छ ।
