Home मुख्य समाचार चन्द्र बहादुर सुनार आफ्नै घरमा मृत्त अवस्थामा फेला

चन्द्र बहादुर सुनार आफ्नै घरमा मृत्त अवस्थामा फेला

सांकेतिक तस्वीर ।

हेटौँडाः हेटौँडा–१, थाखेल डाँडामा एक पुरुष मृत्त अवस्थामा फेला परेका छन् । स्थानीय ५० वर्षीय चन्द्र बहादुर सुनार आफ्नै घरभित्र भुईमा लडिरहेको अवस्थामा मृत्त फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

घरमा एक्लै बस्दै आएका मृत्तक सुनारकी श्रीमती र छोराहरू हाल काठमाडौं बस्दै आएको बुझिएको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धान र मुचुल्का पश्चात शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Exit mobile version