Home मुख्य समाचार हेटौँडा–१ का अध्यक्ष न्यौपानेलाई अपमानजनक व्यवहार गर्ने मनहरीका विजय पक्राउ

हेटौँडा–१ का अध्यक्ष न्यौपानेलाई अपमानजनक व्यवहार गर्ने मनहरीका विजय पक्राउ

सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेलाई अपमानजनक व्यवहार गरेको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ परेको छ । गत असार ४ गते दिउँसो ३ बजेर ५० मिनेटको समयमा वडा कार्यालयमै प्रवेश गरी अध्यक्ष न्यौपाने माथि कालो मोबिल छ्यापिएको थियो ।

प्रहरीले खोजतलास गर्दै जाँदा आइतबार मकवानपुरको मनहरी गाउँपालिका–२ का ३० वर्षीय विजय थिङ लामालाई हेटौँडा–८, कमानेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ परेका लामालाई जिल्ला अदालत मकवानपुरबाट ४ दिनको म्याद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी कार्य जारी राखेको जानकारी दिएको छ ।

Exit mobile version