हेटौँडा : बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती संसद दलको नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गर्नुभएको छ । सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।
कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसद दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो । प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलबार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको थियो । सोसँगै नेता बानियाँले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई मुख्यमन्त्रीमा दाबी गर्दै पत्र बुझाउनु भएको हो ।
