हेटौँडा : निर्धारित समयभन्दा ढिला गरी बागमती प्रदेशसभा बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक करिव २ घण्छा ढिला गरी सुरु भएको हो । बैठक दिउँसो १ बजेटबाट सुरु भएको हो ।
प्रदेशसभाको आन्तरिक तयारीका लागि केही समय लाग्दा बैठक संचालन ढिला भएको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ । आजको बैठकमा विशेष समयको कार्यसूचि रहेको छ भने २ वटा विधेयक र सो विधेयक माथि परेका संशोधन प्रस्ताव बारे छलफल हुनेछ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि रहेको छ ।
