हेटौँडा : हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल सेकेण्डरी स्कूलको प्रिन्सिपलमा टीका सापकोटा नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिले सापकोटालाई प्रिन्सिपलको जिम्मेवारी दिने निर्णय गरेको हो । नयाँ शैक्षिक सत्र २०८३ सँगै सापकोटालाई जिम्मेवारी दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयको समग्र जिम्मेवारी र अधिकारसहित नयाँ प्रिन्सिपल नियुक्त गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । यसअघिका प्रिन्सिपल रघुनाथ खरालले जिम्मेवारी छाड्नु भएपछि केही समय कार्यवाहक प्रिन्सिपलको रुपमा कमल नेपालले काम गर्नुभएको थियो । नवनियुक्त प्रिन्सिपल सापकोटाले प्राप्त जिम्मेवारी इमानदार भएर राम्रो नतिजा हासिल हुने गरी काम गर्ने बताउनुभएको छ । १२ कक्षासम्म पठनपाठन हुने विद्यालय एक हजार दुइ सय विद्यार्थी अध्ययनरत छन् । २०८२ सालको एसईईमा तुलसीमेहरबाट ६१ जना सहभागी छन् ।
