Home मुख्य समाचार चितवनमा २ जना मृत भेटिए, नुवाकोटमा डुबेर एकजनाको मृत्यु

चितवनमा २ जना मृत भेटिए, नुवाकोटमा डुबेर एकजनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको चितवन जिल्लामा २ जना मृत भेटिएका छन् भने नुवाकोट जिल्लामा एक जनाको डुबेर मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारी अनुसार चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा एक जना वृद्धको शव फेला परेको छ । शनिबार साँझ नदी किनारमा तनहुँको देवघाट गाउँपालिका–५ का ७० वर्षीय मनिलाल गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ । गुरुङ बुधबारदेखि घरबाट हराएका थिए ।

शनिबार दिउँसो माडी नगरपालिका–१ द्रोपतिनगरस्थित बाँसघारीको छेउमा नाम थर नखुलेको अन्दाजी ३४ वर्षीय एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । प्रारम्भिक अनुसन्धानबाट मृत्तकको शरीर घाउ चोटपटक नभएको र शव पोस्मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिका–१ स्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय पासाङ ल्हामु सडकखण्डमा सडक निर्माणको काम गर्ने दुप्चेश्वर गाउँपालिका–६ करेजुङका १८ वर्षीय सुन बहादुर तामाङलाई शनिबार पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । प्रहरी र स्थानीयले खोजी गर्दा दिउँसो १ बजेर २० मिनेटमा तामाङ मृत्त अवस्थामा फेला परेका थिए ।

Exit mobile version