रेनिशा सापकोटा बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, कक्षा–५

खुल्ला निला आकाशमा
जुनतारा टहटह
तराईका फाँटमा
धानका बाला लहलह

हिमालमा हिउँ पर्‍यो
चिसो हावा सररर
झरना पनि झरभर झरिन
पहाडबाट झररर

तोरी फुल्यो पहेलपुर
मौरी आयो हररर
फूलमा आई बस्दाखेसी
हावा चल्यो सररर

तराईमा गर्मी ज्यादा
पसिना बग्यो तररर
सिधा लामो बाटोमा
बाइकमा घुम्यो हररर

चुरेको त्यो जंगलमा
पशुपन्छी फररर
पानीको त्यहाँ मूल फुट्यो
झरना बन्यो झररर

हिमालमा घाम झुल्क्यो
चाँदी बन्यो टललल
हिउँ पनि पग्ली बन्यो
हिमनदी सललल

चन्द्र सूर्य अंकित झण्डा
विश्वमा नै फररर
त्यो देखेर दुनियाँभरी
तालि बज्यो पररर ।