हेटौंडाः बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा एक सय २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

आज बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको दैनिक प्रतिवेदनमा काठमाडौं जिल्लामा ९२ जना, ललितपुर जिल्लामा १० जना, नुवाकोट जिल्लामा ८ जना, मकवानपुरमा ६ जना, भक्तपुरमा १ जना गरी कुल एक सय २१ जना नयाँ संक्रमित पहिचान भएको जनाइएको छ ।