हेटौंडाः आज दिउँसो प्राप्त रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका ४ जना र भीमफेदी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षण अनुसार हेटौंडा उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुष, हेटौंडा–६ की ३२ वर्षीया महिला, हेटौंडा–८ का ४० वर्षीय पुरुष र हेटौंडा–९ का ५८ वर्षीय पुरुष रहेको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ । यस्तै भीमफेदी गाउँपालिका–४ का ४० वर्षीय पुरुष र नेपाल प्रहरीका ४२ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रका ४ जना नै जिल्ला बाहिर भ्रमण नगरेका व्यक्तिहरु भएको आइसोलेसन वार्डका चौलागाईले जानकारी दिनुभएको छ । आज पहिचान भएका नयाँ संक्रमितहरुको नमूना आइसोलेसन वार्डले हिजो प्रयोगशालामा पठाएको थियो ।