हेटौँडाः १० औँ संस्करणको सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा हेटौँडा फुटबल एकेडेमी पराजित भएको छ । मंगलबार भएको प्रतियोगिताको सेमिफाइनलमा हेटौँडा फुटबल एकेडेमी पर्साको वीरगञ्ज युनाइटेडसँग ३–१ ले पराजित भएको हो ।
शुक्रबार प्रतियोगिताको उद्घाटन खेलमा चितवनको हार्दिक युवा समाजलाई पराजित गर्दै हेटौँडा फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको थियो । नवलपुर (बर्दघाट सुस्तापूर्व) को बर्दघाट–१६ स्थित सूर्यनगरको श्री नवयुवा क्लबको आयोजना तथा बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालित यस अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा हेटौँडा एकेडेमीसहित ८ वटा टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता टोलीले ३ लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।











