हेटौंडाः हेटौंडास्थित आइसोलेसन कक्षबाट कोरोना भाइरस परीक्षणका लागि आज ८६ वटा नमूना प्रयोगशालामा पठाइएको छ । आइसोलेसन वार्डका ईञ्चार्ज डा. अर्जुन खड्काका अनुसार आज पठाइएका नमूनाको रिपोर्ट आजै साँझ र भोलि बिहान प्राप्त हुनेछ ।

हिजो बिहीबार पठाइएका नमूनामध्ये ३१ वटाको रिपोर्ट आउन बाँकी छ । आज दिउँसो १२ बजेसम्ममा ती नमूनाको रिपोर्ट आउने डा. खड्काले बताउनुभएको छ । हेटौंडा–४, कर्रास्थित आइसोलेसन कक्षमा आज ११ जना कोरोना संक्रमण पुष्टि भएका व्यक्ति र तीन जना कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरु उपचाररत छन् । आइसोलेसन कक्षमा रहेका ११ जना मध्ये दुई महिला र ९ पुरुष छन् ।