Home मुख्य समाचार ८६ वटा स्वाब नमूना परीक्षणका लागि प्रयोगशालामा

८६ वटा स्वाब नमूना परीक्षणका लागि प्रयोगशालामा

हेटौंडाः हेटौंडास्थित आइसोलेसन कक्षबाट कोरोना भाइरस परीक्षणका लागि आज ८६ वटा नमूना प्रयोगशालामा पठाइएको छ । आइसोलेसन वार्डका ईञ्चार्ज डा. अर्जुन खड्काका अनुसार आज पठाइएका नमूनाको रिपोर्ट आजै साँझ र भोलि बिहान प्राप्त हुनेछ ।

हिजो बिहीबार पठाइएका नमूनामध्ये ३१ वटाको रिपोर्ट आउन बाँकी छ । आज दिउँसो १२ बजेसम्ममा ती नमूनाको रिपोर्ट आउने डा. खड्काले बताउनुभएको छ । हेटौंडा–४, कर्रास्थित आइसोलेसन कक्षमा आज ११ जना कोरोना संक्रमण पुष्टि भएका व्यक्ति र तीन जना कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरु उपचाररत छन् । आइसोलेसन कक्षमा रहेका ११ जना मध्ये दुई महिला र ९ पुरुष छन् ।

Exit mobile version