हेटौंडाः नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका ३ र ४ मा बुधबार क्रियाशील सदस्यता वितरण तथा नया क्रियाशील प्रस्ताव सम्बन्धमा छलफल भएको छ । पार्टी भीमफेदी–४ का सभापति ओमबहादुर थापाको अध्यक्षतामा भएको बैठकमा नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति यतिराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मोमलाल दोङ, भीमफेदी गाउँपालिका सभापति सञ्जीव श्रेष्ठ, कोषाध्यक्ष गोरीमाया लामा, कांग्रेस नेता नारायण श्रेष्ठ, नेपाल विद्यार्थी संघका जिल्ला नेता मिलन पुडासैनी, पार्टी नेताहरु सोठासिं स्याङ्तान, तरुण नेता रमेशकुमार थिङ, निरज राणा, सनित लामा, साधुराम थापालगायतको आतिथ्य रहेको थियो । भीमफेदी–४ निबुवाटारमा भएको भेलामा विभिन्न पार्टी परित्याग गरी ८० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।