हेटौँडा : चितवन जिल्लाको खैरहनी नगरपालिका–६, एकताटोलमा च्याउ खाएर एकै घरका ४ जना विरामी परेका छन् । मंगलबार राजु महतोको खेतबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु विरामी परेका हुन् । विरामी परेका चारै जनालार्य उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।

च्याउ खाएर ४८ वर्षीय राजु महतो, ३४ वर्षीया सन्जु चौधरी, १४ वर्षीय मुकेस चौधरी र ६२ वर्षीय भुखल महतो विरामी परेका छन् । विरामी मध्ये भुखलको अवस्था मध्यम रहेको र अरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । मनसुनपूर्वको वर्षाले जंगल तथा करेसामा उम्रने च्याउ खाएर हरेक वर्ष सयौंको संख्यामा विरामी पर्ने गरेका छन् । कतिपय अवस्थामा जंगली च्याउ खाँदा मान्छेको ज्यान नै जाने गरेको छ ।