सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२, क्षेत्रपुरस्थित तरकारी मण्डिमा एक भारतीय नागरिक मृत भेटिएका छन् । मंगलबार बिहान ६ बजेको समयमा भारतीय नागरिक ५० वर्षीय महेश साह मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । क्षेत्रपुरस्थित नयाँ तरकारी मण्डिमा फलफूल पसल गरी बस्ने साह आफ्नै फलफुल पसल भित्र मृत भेटिएको प्रहरीको भनाइ छ ।