Home मुख्य समाचार लागूऔषध नाईट्राभेटसहित रौतहटका सुनिल हेटौँडाबाट पक्राउ

लागूऔषध नाईट्राभेटसहित रौतहटका सुनिल हेटौँडाबाट पक्राउ

लागूऔषधसहित नाईट्राभेटसहित पक्राउ परेका सुनिल

हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषधसहित एक पक्राउ परेको छ । मंगलबार दिउँसो १ बजेर ३० मिनेटको समयमा खटिएको प्रहरी टोलीले रौतहटबाट काठमाडौतर्फ जाँदै गरेको बा प्र ०१–०३१ च ५०२२ नम्बरको यात्रुवाहक गाडीलाई सुरक्षाजाँच गर्दा लागूऔषध नाईट्राभेटसहित रौतहट जिल्लाको मौलापुर नगरपालिका–९ बस्ने ३२ वर्षीय सुनिल सिंह पटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले शंका लागि सुरक्षा जाँच गर्दा सुनिलले ल्याएको सुटकेसमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध बरामद गरेको थियो । प्रहरीले नाईट्राभेट ३ हजार ४४० ट्याब्लेट, ट्रामाडोल २ हजार ९५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुफिन ३९५ एम्पुल र डाईजेपाम ३८७ एम्पुल फेला पारेको प्रहरीले जानकारी दिएको छ । सुनिललाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version