Home मुख्य समाचार लागूऔषध गाँजासहित मकवानपुरगढीको शिखरकटेरीबाट विजय र सुनिल पक्राउ

लागूऔषध गाँजासहित मकवानपुरगढीको शिखरकटेरीबाट विजय र सुनिल पक्राउ

लागूऔषध गाँजासहित पक्राउ परेका विजय र सुनिल ।

हेटौँडा : लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मंगलबार राती ९ बजेर ५० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले हेटौँडा–ललितपुर कान्तिलोकपथअन्तर्गत मकवानपुरगढी–२, शिखरकटेरीबाट २ किलो ५३० ग्राम लागूऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले गाँजासहित दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–८ का २५ वर्षीय विजय थापा र मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–७ का ३५ वर्षीय सुनिल बोम्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरगढी–८, बुढीचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना २६ प ३६७१ नम्बरको मोटरसाइकल चालक विजय र मोटरसाइकलमा सवार सुनिललाई प्रहरीले पक्राउ गरेको हो । मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीले विजय र सुनिललाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version