Home मुख्य समाचार मकवानपुरका सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम

मकवानपुरका सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम

हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा सञ्चारकर्मीहरूका लागि ‘प्रविधिको प्रयोग र सञ्चार क्षेत्रको बदलिँदो परिस्थिति’ विषयक दुई दिने क्षमता अभिवृद्धि तालिम हेटौंडामा सुरु भएको छ । तालिमको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा भएको हो । उद्घाटन सत्रमा सञ्चार क्षेत्रको विकास र पत्रकारितामा प्रविधिको भूमिकामाथि जोड दिइएको थियो ।

तालिमको पहिलो दिन बुधबार विवेकआनन्द न्यौपाने, दिलभूषण पाठक र निमेष निखिलले सहजीकरण गर्नुभएको थियो । न्यौपानेले ‘पत्रकारितामा डिजिटल साक्षरता’ विषयमा प्रशिक्षण दिनु भएको थियो भने पाठकले ‘लैङ्गिक संवेदनशील पत्रकारिता’ विषयमा र निखिलले ‘पत्रकारितामा भाषिक शुद्धता’ सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको हो । तालिम इन्टरनेशनल एलर्ट युरोपियन युनियनको आर्थिक सहयोगमा सुनौलो सिसौट नेपालले आयोजना गरेको हो । तालिमबाट जिल्लाका सञ्चारकर्मीहरूले बदलिँदो सञ्चार प्रविधि, विषयवस्तुमा संवेदनशीलता तथा व्यावसायिक लेखनमा थप दक्षता हासिल गर्ने विश्वास गरिएको छ ।

Exit mobile version