Home मुख्य समाचार घरमा रोकिराखेको ट्रक वनमा भेटियो

घरमा रोकिराखेको ट्रक वनमा भेटियो

हराएको भनिएको ट्रक खोजी गरी धनीलाई फिर्ता गरिँदै ।

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटारका सोमबहादुर थिङले घरमा रोकिराखेको ट्रक वनमा भेटिएको छ । बुधबार बिहान ८ बजेको समयमा २६ वर्षीय थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक दिउँसो २ बजेको समयमा मनहरी–९, रजैयाको जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

थिङले ट्रक हराएको भनी ईलाका प्रहरी कार्यालय मनहरीमा जानकारी गराएपछि प्रहरीले खोजी गर्दै जाँदा रजैयाको जंगलमा भेटिएको हो । ट्रक कसले चलाएर लागेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्रक ईलाका प्रहरी कार्यालय मनहरीको कार्यालय परिसरमा ल्याएर बुधबार नै ट्रक धनी बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–९ का सुरज देवकोटालाई बुझाइएको छ ।

Exit mobile version