हेटौँडा : भीरबाट लडेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ की ६० वर्षीय रविमाया भमजनको मृत्यु भएको छ ।
मंगलबार साँझ ८ बजेको समयमा सामान किन्न पसल गएकी थिइन् । बुधबार बिहानसम्म पनि घरमा नआएपछि गाउँलेहरुले खोजी गर्दै जाँदा बुधबार बिहान १० बजेको समयमा भीरखर्कको बाटोमा करिब ३ सय मिटर तल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
अस्थायी प्रहरी पोष्ट मार्खु, ईलाका प्रहरी कार्यालय पालुङ र ईलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली खटिएर शव निकाल्ने र आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।










