हेटौँडा ः हेटौँडा–११, गोल्पिङटारमा चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा २९ वर्षीया उमा फुयाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार बिहान १० बजेर ४५ मिननेटको समयमा रुद्रेश्वर महादेव मन्दिरमा पुजा गर्न जाने क्रममा चट्याङ लागेर फुयाल गम्भीर घाइते भएकी छन् । घाइते फुयाललाई उपचारका लागि सिएमसी चुरेहिल लगिएको प्रहरीले जानकारी दिएको छ ।










