हेटौँडा : हेटौँडा–१७, सातबोटेमा चुरेकाली सामुदायिक वनको डँढेलो सक्लिएर सुदर्शन चेपाङको घर र गोठ जलेको छ ।

बुधबार दिउँसो ३ बजेको समयमा वनमा लागेको डँढेलो सल्किएर गोठ पूर्णरुपमा नष्ट भएको र घर आधा जलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घरमा भएको टिभि, रेडियो, नगद ६ हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागी भएर क्षति भएको विवरण शुक्रबार दिउँसो २ बजेको समयमा अस्थायी प्रहरी पोष्ट हटियामा जानकारी प्राप्त भएको प्रदेश प्रहरीले जनाएको छ । आगलागीबाट एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।