हेटौँडा : नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरलाई पीतृशोक परेको छ । कृष्णका बुबा ५४ वर्षीय सुर्ज थापा मगरको सोमबार दिउँसो १२ बजेर २० मिनेटको समयमा निधन भएको हो ।
अटो चालक बुबाको आइतबार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो । आइतबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा कान्तिलोकपथमा हेटौँडा बजारबाट मकवानपुरगढी दरबारतर्फ जाने क्रममा मकवानपुरगढी–२ मा माथि पहाडबाट खसेको ढुंगाले लागेर बुबा गम्भीर घाइते हुनुभएको थियो । हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवनस्थित चितवन मेडिकल कलेज हुँदै आइतबार राती नै ११ बजे काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल पु¥याइएको थियो । पोष्टमार्टमपछि बुबाको शव हेटौँडा नै ल्याएर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।