हेटौँडा : गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असई) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ। यसअघि प्रहरी नायव निरीक्षक (सई)को नेतृत्वमा रहेको सो चौकीको इन्चार्जमा प्रहरी सहायक निरीक्षक लुङ्वाको कमाण्डमा चौकीको जिम्मेवारी दिइएको हो ।
गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि चौकीका इन्चार्ज रहेका कुमार फुयाँलसहित ३ जनालाई हटाएर अनुसन्धान अघि बढाइएको थियो। सोमबार फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तानेर अनुसन्धान थालिएको थियो ।
उक्त घटनामा पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भिम राईलाई ५ हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो ।