हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने हेटौँडा–११ का १९ वर्षीय दिपु नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार दिउँसो साढे १२ बजेको समयमा हेटौँडा–१९ स्थित सालकपार्कतर्फ जाँदै गर्दा शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा नेपालीको तलासी गर्ने क्रममा नेपालीको साथबाट १०० मिलिलिटरको लागूऔषध ओनरेक्स ५ बोतल र नाईट्राजेपाम ३० ट्याब्लेट बरामद भएको प्रहरीले उल्लेख गरेको छ । लागूऔषधसहित नेपालीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमती लिई प्रहरीले हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ ।