सचिव पूर्णबहादुर दर्जी । फाइल तस्वीर ।

हेटौँडा : बागमती प्रदेश सरकारको अन्तारिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी बाथरुममा लडेर बेहोस हुनुभएको छ । बिहान ९ बजेर १५ मिनेटको समयमा हेटौंडा–४, हुप्रचौरस्थित सरकारी क्वार्टरमा मर्निङवाक गरेर सचिव दर्जी बाथरुममा नुहाउने क्रममा बेहोस हुनभएको हो ।

धेरै समयसम्म बाथरुमको ढोका नखुलेपछि ढोका फोरेर हेर्दा सचिव दर्जी अचेत अवस्थामा भेटिएको मन्त्रालयका पिएसओ सन्च दोङले जानकारी दिनुभयो । अहिले हेटौँडा अस्पतालको आइसियुमा सचिव दर्जीको उपचार भइरहेको उहाँले बताउनुभयो । सचिव दर्जीको स्वास्थ्यमा क्रमिक सुधार आएको र थप स्वास्थ्य परीक्षण भइरहेको दोङले जानकारी दिनुभयो ।