सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौँडा : हेटौँडा–१, चौकिटोलस्थित ओम वृद्धाश्रमलाई हेटौँडा–२ स्थित एभोकाडो होटलका संचालक भागीरथ शर्मा र मालती शर्माले ५०औं विवाह वर्षगाँठको अवसरमा सहयोग गर्नुभएको छ । शर्मा दम्पत्तिले एक दिनको खानाका लागि आवश्यक रकम सहयोग गर्नुभएको हो ।

शर्मा दम्पत्तिले एक दिनको खाना वापत आश्रमलाई ११ हजार पाँच सय पाँच रुपैयाँ सहयोग गर्नुभएको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले जनाकारी दिनुभयो । सोमबार आश्रममै पुगेर शर्मा दम्पत्तिले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । ओम वृद्धाश्रममा हाल २५ जना ज्येष्ठ नागरिक आश्रित छन् ।