हेटौंडा : नेपाली कांग्रेस निकट संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा सागर घिमिरे चयन हुनुभएको छ । आइतबार भएको भेलाले घिमिरेलाई नेविसंघ क्याम्पस इकाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । घिमिरेको अध्यक्षतामा ४४ सदस्यीय इकाई कमिटी चयन भएको छ ।
उपाध्यक्षमा उत्सव न्यौपाने, निरप्रताप सिंह, प्रशान्त सापकोटा र अजित घिमिरे चयन हुनुभएको छ । सचिवमा उत्सव ढुंगाना र परमेश्वर अधिकारी चयन हुनुभएको छ । सहसचिवमा प्रज्ज्वल अधिकारी, निमिमा ढुंगाना र विमला अधिकारी चयन हुनुभएको छ । कोषाध्यक्षमा राज चौलागाईं र क्रिशन थिङ चयन हुनुभएको छ । सदस्यहरुमा विज्ञान विडारी, उचित बजगाईं, मनिष बर्तौला र लोनिस सापकोटालगायत चयन हुनुभएको छ । नेविसंघका केन्द्रीय सदस्य उमेशलाल स्याङ्तानको प्रमुख आतिथ्यमा भेला भएको हो ।