हेटौँडा ः बागमती प्रदेश सभाको बैठक बस्दैछ । बुधबार बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक बस्नेछ ।

सचिवालयका अनुसार आजको बैठकमा २ वटा बैठकहरु संचालन हुनेछ । प्रदेशसभाको पहिलो बैठकमा संसदमा दर्ता भएका ४ विधेयकहरु पेश हुनेछ भने दोस्रो बैठकमा सो विधेयकहरु माथी सैद्धान्तिक छलफल हुने कार्यसुची रहेको प्रदेशसभा सचिवालयकी सूचना अधिकारी हेमा न्यौपानेले जानकारी दिनुभयो ।