हेटौँडा : हेटौँडा–४, स्कूलरोडमा मोवाइल चोरी गर्दै गरेका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती १ बजेको समयमा ९९ मोवाइल पसलमा मोबाइल चोरी गर्दै गरेका १७ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।
घरधनीले मध्यराती पसलमा ताल्चा नलगाइएको देखेपछि मोबाइल पसल सञ्चालकलाई फोन गरेर जानकारी गराएका थिए । मोवाइल पसल सञ्चालकले मोवाइलबाटै हेर्न मिल्ने गरी जडान गरिएको सीसी क्यामरामा हेर्दा चोरी गर्न छिरेका किशोर भित्रै रहेको एकिन भएपछि बाहिरबाट ढोका बन्द गरेर प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले राती १ बजेर ३० मिनेटको समयमा मोवाइल चोरी गर्ने क्रममा रहेका १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ती किशोर पर्सा जिल्लाको भएको र उनी हेटौँडा बसेर कक्षा ११ मा अध्ययनरत छन् । घटनाबारे अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मोवाइल चोरीमा संलग्न किशोरको यसअघि पनि चोरीका घटनामा संलग्न भए, नभएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।