हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभाबाट विभिन्न पदमा निर्वाचित आफ्ना सेयर सदस्यलाई हेटौँडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ । सहकारीले शनिबार कार्यालयमै उनीहरुलाई सम्मान गरेको हो ।
सहकारीका सेयर सदस्य प्रमोद सिंह रानाभाट मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित हुनुभएको छ भने सञ्चालक समिति सदस्य दीपक उप्रेती वरिष्ठ उपाध्यक्ष हुनुभएको छ । यस्तै सहकारीको सञ्चालक समिति सदस्य बालकृष्ण बजगाई कार्यसमिति सदस्य निर्वाचित हुनुभएको छ । सहकारीका अध्यक्ष फूलमान श्रेष्ठ, संस्थापक अध्यक्ष गोकर्ण पराजुलीसहित अन्य पदाधिकारी र कर्मचारीले उहाँहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।