सांकेतिक तस्वीर ।

हेटौँडा ः चितवन जिल्लास्थित मानवसेवा आश्रममा आश्रित एक वृद्धाको मृत्यु भएको छ ।

गत साउन ३१ गते चितवन जिल्लाकै राप्ति नगरपालिका–६, वीरेन्द्रनगरबाट उद्दार गरिएका राप्ति नगरपालिका–७ का ७९ वर्षीय रत्नबहादुर तामाङको मृत्य बिहीबार बिहान १० बजेर ४५ मिनेटको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । घटनास्थलको मुचुल्का गरी प्रहरीले पोष्टमार्टमका लागि शवलाई भरतपुर अस्पताल पठाइएको प्रहरीले उल्लेख गरेको छ ।