हेटौँडा ः ऐतिहासिक मकवानपुरगढीको २ सय ६२ विजय उत्सव समारोह सम्पन्न भएको छ । बिहीबार बागमती प्रदेशका मुख्मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा विजय उत्सव सम्पन्न भएको २ नम्बर वडा अध्यक्ष बखान सिंह पाख्रिनले जानकारी दिनुभयो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, नेपाली सेनाको मध्यपृतना हेटौंडाका निमित्त पृतनापति सुवासजंग थापा, गोरखबहादुर गणका गणपति निरन्जन धामी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुरगढी गाउँपालिकाका वडा अध्यक्षहरु लगायतको आतिथ्य रहेको थियो ।
करिब २५ सय मुगल सेनाका फौजलाई गोर्खाली सेनाले पराजित गरेको दिनको सम्झनामा मकवानपुरगढी गाउँपालिकाले हरेक वर्ष माघ १० गते विजय उत्सव मनाउँदै आएको छ । नेपाल सरकारले देशका एक सय वटा महत्वपूर्ण गन्तव्य भित्र मकवानपुरगढीलाई पनि समेटेको छ ।