प्रहरीले बरामद गरेको कपडा ।

हेटौँडा ः मकवानपुर प्रहरीले हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी जाँच चौकीबाट एक लाख ४० हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । बुधबार दिउँसो १ बजेको समयमा बिल बिजक नभएको कुर्ता एक सय ४५ पिस, साडी ४५ पिस लत्ताकपडा बरामद गरेको हो ।

रौतहट जिल्लाको गौरबाट नारायणगढतर्फ जाँदै गरेको प्र ०३–००२ ख २१७९ नम्बरको यात्रुबाहक बसलाई रोकेर सुरक्षाजाँच गर्दा अवैध लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ । बसको पछाडी डिक्कीबाट बरामद गरी आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।