सांकेतिक तस्वीर ।

हेटौँडा ः नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८, पठकटोलमा बारीको कान्लाबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६९ वर्षीय रमेशप्रसाद पाठक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार साँझ ६ बजेर ३० मिनेटको समयमा पाठक आफ्नै बारीको कान्लाबाट २५ मिटर तल खस्दा टाउकोमा चोट लागी घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा पाठक डिप्रेशनको बिरामी रहेको पाइएको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली नुवाकोट लगिएको छ ।