हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडास्थित वनविज्ञान क्याम्पसको शैक्षिक भवनमा सञ्चालन गरेको होल्डिङ सेन्टरबाट शनिबार १० जनालाई स्थानीय तहले निर्माण गरेको क्वारेन्टिानमा पठाइएको छ ।
उनीहरु मध्ये १ जनालाई बकैया गाउँपालिका, २ जनालाई भीमफेदी, १ जनालाई ईन्द्रसरोवर, ४ जनालाई मनहरी र २ जनालाई हेटौंडा उपमहानगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा पठाइएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले बताउनु भयो ।
शुक्रबार राती साउदीबाट ८ जना र २ जना कतारबाट होल्डिङ सेन्टर आइपुगेका थिए । शनिबार बिहान १० बजेसम्म उनीहरुलाई स्थाानीय तहले निर्माण गरेको क्वारेन्टिनमा पठाइएको उहाँले बताउनु भयो । हालसम्म होल्डिङ सेन्टरमा ३ सय भन्दा बढीले सेवा लिइसकेका छन् ।