हेटौंडाः हेटौंडा–१०, कर्रास्थित तामाङ समुदायको याङ्ला गुठीको अध्यक्षमा टिकाराम लामा चयन हुनुभएको छ । शनिबार भएको गुठीको ३० औं वार्षिक सभाले लामाको अध्यक्षतामा उपाध्यक्षमा सुनिल मोक्तान, सचिवमा विमल लामा, कोषाध्यक्षमा प्रदीप लामा भोम्जन, र सहसचिवमा ईन्द्रबहादुर लोप्चन चयन हुनुभएको छ ।
यस्तै सदस्यमा चतुरबहादुर तामाङ, सान्त्वना लामा, रामकृष्ण रुम्बा, बालकुमारी घलान, सोममाया लामा, रोहित लामा लोप्चन, सन्तोष लुङ्वा र सावित्री लामा चयन हुनुभएको छ । वार्षिक साधारणसभा विष्णुमाया लामाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष कितापसिं लामाको प्रमुख आतिथ्य रहेको थियो ।