हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९, नामटारमा अदुवा भण्डारण घर निर्माण गरिएको छ । गाउँपालिकाको २ लाख ५० हजार रुपैयाँ अनुदान र उपभोक्ताको २३ हजार ९ सय रुपैयाँको लागत सहभागितामा अदुवा भण्डारण घर निर्माण भएको गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले बताउनुभयो । भण्डारण घरमा १० टन अदुवा अट्ने छ । भण्डारण घरबाट स्थानीय १ सय १२ घरधुरी कृषक लाभान्वित हुनेछन् ।
त्यस्तै गाउँपालिकाको १२ लाखको अनुदानमा वडा नम्बर ३, ४, ८, ९ र १० मा यसआघिनै अदुवा भण्डारण घर निर्माण भइसकेको छ । बीउ भण्डारण गर्ने र लामो समयसम्म प्रयोग गर्न सकिने उद्देश्यका साथ भण्डारण घर निर्माण गरिएको अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।