‘कफि एट किताबघर’ को पहिलो श्रृंखलामा मि रमा प्रस्तुत हुनुहुँदै ।

हेटौंडाः हेटौंडास्थित किताबघरले ‘कफी एट किताबघर’ कार्यक्रम सुरु गरेको छ । किताबघरले सुरु गरेको ‘कफी एट किताबघर’ कार्यक्रममा कथाकार मि रमाले आफूले सुरु गरेको कथा लेखनको यात्राको बारेमा जानकारी दिनुभएको छ । २ सन्तानकी आमा मि रमा घरपरिवारको परिवारको साथ र सहयोगमै कथा लेखनमा अग्रसर हुन प्रेरित भएको बताउनुभयो । आफ्नो कथा लेखन अनुभवको बारेमा बताउनुहुँदै मि रमाले उहाँले आफू साहित्य लेखनको क्षेत्रमा छिट्टो नलागेको बताउनुभयो ।

लामो समयको अवधीमा काठमाडौं महानगरपालिकाको सञ्चार क्षेत्रमा क्रियाशील रहनुभएकी मि रमाले साहित्य लेखनको सुरुवात ढिलो गर्नुपरेको जीकिर गर्नुभयो । आफ्नो लेखन कार्यक्रम सुरुवात गर्दा केही समयको ढिलाइ भए तापनि आफू पहिलेदेखि नै नियमित पाठक रहेको कुरालाई उहाँले औंल्याउनुभएको थियो । आफू निरन्तर रुपमा कथाकारकै रुपमा लागिरहेको उहाँले प्रष्ट पार्नुभयो । बाह्रखरी कथा प्रतियोगिता २०८० र २०८१ मा लगातार उत्कृष्ट २५ भित्र परेको बताउनुहुँदै कथाकार मिरमाले भन्नुभयो, ‘म उत्कृष्ट २५ जनाको सूचीमा पर्दा मलाई एकदमै खुशी लागेको छ । म आफू उत्कृष्ट ५ पर्छु की भनेर थोरै मात्र आशा लागेको थियो तर पनि यसमा पर्दा पनि म हर्षित नै भएकी छु । २०८० र २०८१ सालमा लगातार २५ मात्र परेको र आफ्नो कथा चर्चामा चलिरहेको उहाँले सबैप्रति आभार व्यक्त गर्नुभएको छ । आफूमा कथा लेखनलाई अत्याधिक प्राथमिकता दिएको कारणले तनाव भएको खण्डमा लेखनको माध्यमले तनावलाई हटाउन प्रयास गर्ने गरेको बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिका भित्रका बालबालिकाहरुमा पठन संस्कृतिको विकास गर्नका लागि विद्यार्थीसँग किताबको कुरा भन्ने कार्यक्रमको पनि सुरुवात गरिएको किताब घरका सञ्चालक छवि अन्तियले बताउनुभएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागकी सदस्य शान्ति प्रिय बन्दना, मातृभूमी साहित्य समाजका निवर्तमान अध्यक्ष माधव पोखरेल, आचल साहित्य कला पुञ्ज मकवानपुरकी उपाध्यक्ष निरा शर्मा, साहित्य संगम मकवानपुका अध्यक्ष डीबी बर्तौला, संगमका उपाध्यक्ष सानु खनाल, झरना साहित्य परिवारका सचिव मसान उपासक लगायतको उपस्थिति रहेको थियो ।