मत पेटिका उठाउँदैको तस्वीर ।

हेटौंडाः नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको मतदान सकिएको छ । हेटौँडा–५ स्थित रिगल हेटौँडा रिसोर्टमा बिहान १० बजेदेखि सुरु भएको मतदान कार्यक्रम दिउँसो ४ बजेसम्म संचालन भएको थियो ।मतदान कार्यक्रममा १०७ जनाले मतदान गरेका छन् ।

महासंघमा कूल १ सय १७ जना मतदाता रहेकोमा १०७ जनाले मात्र मतदान गरेका छन्। निर्वाचनबाट ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुनेछ । निवार्चन कार्यक्रम अन्तर्गत अध्यक्ष पदका लागि मकवानपुरबाट ४ जना आकांक्षी रहेका छन् । अध्यक्ष पदका लागि सुरेश श्रेष्ठ र पोष्टराज अधिकारीले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ भने नेकपा माओवादी निकट प्रेस सेन्टरबाट अञ्जली थापा र काँग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीको गठबन्धबाट बालकृष्ण अधिकारीको उम्मेदवारी रहेको छ ।